देउवाले तोके १३ विभागका प्रमुख, संगठनमा गोपालमान


१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले १३ विभाग प्रमुखहरु तोकेका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको नाम दिन अस्वीकार गरेको भोलिपल्ट देउवाले विभागहरु गठन गरेका हुन् ।

संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ बनेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्मा सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुख तोकिएका छन् । यस्तै रमेश रिजालले संघीय मामिला, तथा प्रदेश समन्वय विभाग, फरमुल्लाह मन्सुरलाई मुस्लिम, अर्जुनप्रसादजोशीलाई स्थानीय तह समन्वय विभाग र आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै अजय चौरसिया तराई मधेस, शंकर भण्डारी तरुण, सीता गुरुङ अदिवासी जनजाति, गोविन्द भट्टराई नेपाल जनसम्पर्क, चिनकाजी श्रेष्ठ उद्योग ब्यापार र शिवप्रसाद हुमागाइँ श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुख तोकिएका छन् ।

यस्तै देउवाले ५ नेतालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरेका छन् ।

दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमरा बस्नेत र सुधीरकुमार शिवाकोटी, धनकुटाका मनोहर नारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई आमन्त्रित सदस्य मनोनित गरिएको कांग्रेसले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • स्याङ्जा र नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि
  • आधा सांसद घटाऔं, बचेको पैसाले सिमानामा पर्खाल लगाऔं, समत हुनेले सेयर गर्नुहोस ।
  • भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघ्यो
  • क्वारेन्टाइनमै वडा अध्यक्षको मृ’त्यु, कोरोना परीक्षण हुने