एमसीसी जनताका पक्षमा छ, पारित हुन्छ : पूर्व मन्त्री बस्नेत


रासस । १७ फाल्गुन, अर्घाखाँची :

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा युवासंघका इञ्चार्ज महेश बस्नेतले केही बुँदा परिमार्जन गरेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित हुने बताएका छन् ।

शनिवार अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एमसीसीका बारेमा नेकपाको प्रस्ट धारणा छ । यो जनता र राज्यका पक्षमा भएकाले यसलाई पास गर्नुपर्छ ।’

पूर्व मन्त्रीसमेत रहेका नेता बस्नेतले देशलाई समृद्धि बनाउने पक्षमा वर्तमान सरकार लागेको बताउँदै नयाँनयाँ योजनाका साथ सरकार अगाडि बढेको र सरकारको गतिविधि देखेर प्रतिपक्ष आत्तिएको आरोप लगाए ।

गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले दोषी भएमा कोही उम्किन नसक्ने बताए । नेता बस्नेतले अन्तर्राष्ट्रियस्तरमै चलेको कमिसनका बारेमा अहिलेसम्म कानून नबनेको र कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

युवासंघका संयोजक रामप्रसाद सापकोटाले कम्युनिस्ट पार्टीको एकतापछि बनेको नेकपाले जनताको अभिमत अनुसार नै काम गर्ने बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • “प्रधा’नमन्त्रीलाइ नि गाह्रो छ, जनता जोगाउनु कि भ्र’ष्टाचारि”- दिपक राज गिरि
  • प्रचण्डले भने– बास्कोटाको घरमा बम पड्काउने आतंककारी
  • नेकपाका अध्यक्ष पुष्पकमल दाहाल माथि जुत्ता प्रहार
  • देउवाले तोके १३ विभागका प्रमुख, संगठनमा गोपालमान