ठ’गिको आ’रोपमा नायक अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी


काठमाडौं । चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो । फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले पुष्टि गरे ।

अभिनेता भुवन केसीका छोरा समेत रहेका केसीसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । यस्तै सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि सम्झौताअनुसार केसीले फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख छ । यस्तै फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उजुरीमा उल्लेख छ । यस्तै उनले फिल्मका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाइ उनी भने सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्याएको उजुरीमा उल्लेख छ ।

उजुरीमा केसीले हानी नोक्सानी पुर्याइ क्षति बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति समेत दिलाइदिन माग गरिएको छ । होस्टेल फिल्मबाट अभिनयमा डेब्यु गरेका अनमोल पछिल्लो समयका महँगो हिरो हुन् । यस विषयमा प्रतिक्रिया लिन अनमोललाई पटक पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • शोकमा डुब्यो सलमान खानको परिवार, भाइको निधन !
  • हिरोइनले सेल्फ क्वारेन्टाइनमा बस्न मानिनन्, उल्टै सरकारसँग आक्रोश पोखिन्
  • ज्योति मगर नाच्दा युवाहरुले नियन्त्रण गुमाएपछि महेन्द्रनगर महोत्सवमा झडप (भिडियो सहित)
  • जुत्ता पालिस गरेर जीविको पार्जन गर्दै आएका शनिले जिते ११ औं इन्डियन आइडलको उपाधी (भिडियो)