देशको नक्सावाला केक काट्नु लक्षण गतिलो होइन : रेखा थापा !


प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिनको दिन काटेकाे केक विवादमा परेकाे छ । जन्मदिनकाे दिन काटेकाे केक नेपालको नक्शा अंकित भएपछि विवादमा परेकाे हाे । नेपालकाे नक्शासहितकाे केक काटेकाे भन्दै उनिमाथि सामाजिक सञ्जालभर आलाेचना भएकाे छ ।

उनले काटेको केकमा नेपालको नक्शाभित्र हिमाल, पहाड र तराई छुट्याएको छ । ओलीले आफ्नो जन्म जिल्ला तेह्रथुम पुगेर नेपालको नक्शा अंकित केक काटेका थिए । उनले काटेको केकको फोटो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विरोध भएको हो । ओलीको केक कटाईप्रति चर्चित सामाजिक हस्तिहरुले कडा विरोध जनाएका छन् ।

केकको फोटोसहित कतिपयले प्रधानमन्त्री ओलीको नियत नै खोटो भएकोसम्म टिप्पणी गरेका छन् । चर्चित कलाकार रेखा थापाले केक कटाईप्रति नियत जोडिएको नभएपनि लक्षण गतिलो नभएको आलाेचना गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘नियतवस नहोला तर लक्षण गतिलो छैन । छातीमा देशको जिम्मेवारीको बिल्ला र हातले देशको नक्सा काटेको देख्दा अचम्म लाग्यो । देशको प्रधानमन्त्रिको अनुहारमा पनि सन्देश हुन्छ, तर यो केककाटाइको सन्देश बुझिएन ।’

 

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • “प्रधा’नमन्त्रीलाइ नि गाह्रो छ, जनता जोगाउनु कि भ्र’ष्टाचारि”- दिपक राज गिरि
  • एमसीसी जनताका पक्षमा छ, पारित हुन्छ : पूर्व मन्त्री बस्नेत
  • केकमा नक्सा देशलाई माया गरेर राखिएको हो : महेश बस्नेत
  • देश : आमा हुन्, का’टेर खान मिल्दैन – भीम रावल