जुत्ता पालिस गरेर जीविको पार्जन गर्दै आएका शनिले जिते ११ औं इन्डियन आइडलको उपाधी (भिडियो)


काठमाडौं । ११ औं इन्डियन आइडलको उपाधी शनि हिन्दुस्थानीले जितेका छन् । ६ महिना अघिबाट भारतमा सुरु भएको उक्त आइडलको उपाधी सुर र स्वरका धनी शनि हिन्दुस्थानीले जित्न सफल भएका हुन् । उक्त प्रतियोगिताका प्रतिस्पर्धीलाई ५ करोड जनताले भोटिङ समेत गरेका थिए ।

उक्त फिनालेमा दोश्रो रोहित सामराव, तेश्रो अनकोना मुखर्जी, चौथो उपाधि रिदमले जितेका छन् । सनी एक गरिब मुस्लिम परिवारमा जन्मेका हुन् । उनी सानै हुँदा बाबुको मृत्युपछि आमाले निकै दुःखका साथ शनीलाई उनको आमाले निकै दुख गरेर हुर्काएकी थिइन् । निम्न वर्गिय परिवारमा जन्मिएका सनीको जुत्ता पालिस गरेर दैनिकि गुजार्थे भने उनकी आमा घरघरमा बेलुन बेचेर चामल माग्ने काम गर्थिइन् । इन्डियन आइडलको अडिसनमै जजहरुको मन जितेका सनीको गायिकी निकै राम्रो थियो । हेर्नुहोस् सनीको यो शानदार प्रस्तुती भिडियोमा…

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • शोकमा डुब्यो सलमान खानको परिवार, भाइको निधन !
  • हिरोइनले सेल्फ क्वारेन्टाइनमा बस्न मानिनन्, उल्टै सरकारसँग आक्रोश पोखिन्
  • ठ’गिको आ’रोपमा नायक अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी
  • ज्योति मगर नाच्दा युवाहरुले नियन्त्रण गुमाएपछि महेन्द्रनगर महोत्सवमा झडप (भिडियो सहित)