पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने ६ जना पक्राउ


कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा आएका ओलीलाई समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र काँग्रेस निकट नेविसंघका कार्यकर्ताले कालोझण्डा देखाउने प्रयास गरेका थिए
पोखरास्थित जनप्रिय क्याम्पस नजिकै उनीहरुले नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोजेपछि पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा समाजवदीका विद्यार्थी युनियनका  विशाल तिमिल्सिना, नेत्र चापागाईं लगायत ४ जना रहेका छन् ।

<div

यस्तै नेविसंघ निकट भीरध्वज जङ्ग पौडेल (जिएमसी उपाध्यक्ष)  र असिम पौडेल पनि पक्राउ परेका छन् ।

सोमबार नेकपाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम पोखराको सभागृहमा राखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कपिलवस्तुको आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु
  • नेपालमा १५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला
  • स्याङ्जाको चापाकोट नगरपालिकाका मेयरसँगै राहत लिएर गएको समूहले युवालाई कुटेर फर्किए
  • नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोरोना संक्रमण