नवलपुरमा जेसीजले मनायो ११ ‌‍औँ बार्षिक उत्सव


नवलपुर जसेजी २०२० ले आफ्नो ११ औं स्थापनाको दिन ११ औैं वार्षिक उत्सव मनाएको छ । सन् २००९ मा स्थापना भएको नवलपुर जेसीजले जेसीज सचिवालयमा झण्डोतोलन एवम् शुभकामना आदान प्रदान गरी आफ्नो स्थापना दिवस मनाएको हो ।

नवलपुर जेसीजका निर्वतमान अध्यक्ष जेसी राधा उपाध्यको अध्यक्षतामा भएको कार्यक्रममा नवलपुर जेसीजका संथापक अध्यक्ष जेसी बैकुण्ठ प्रसाद अर्याल प्रमुख अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले ११ औं वर्ष पार गरेको नवलपुर जेसीजले अविस्मरणीय इतिहास बोकेको संस्था बताउँद,ैअझै नि नवलपुर जेसीजको नेतृत्व राष्ट्रिय स्तरसम्म लैजान कदम चाल्नुपर्ने बताए ।

कार्यक्रममा बाग्लुङ जेसीज बर्ष २०१० का अध्यक्ष एवम् पुर्व नेपाल जेसीज २०१४ का कानुन सल्लाहाकार सुदिप राज भण्डारी ,संस्थाका पुर्व अध्यक्षहरु नवराज सुवेदी, ओंम प्रसाद पौडेल, सागर पोखरेल, कृष्ण अर्याल, त्रिभुवन तिवारि सहित बोर्डका सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको संचालन जेसीज वर्ष २०२० का महासचिव जेसी राधिका भुसालले गर्नु भएको थियो । १८ बर्ष देखि ४० बर्ष सम्मका युवाहरुको अन्तराष्ट्रिय संस्था जेसीजले तालिमको माध्यमबाट युवाहरुको व्याक्तिगत तथा सामाजिक क्षेत्रमा स्थापित गराउन महत्वपुर्ण भुमिका खेल्दै गर्दछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • भारतबाट ठिकै छु आमा भनेका डोटीका कलम उतै अस्ताए
  • पोखरामा परीक्षण गर्दा कोरोना ‘पोजिटिभ’, काठमाडौं पठाएर परीक्षण गर्दा ‘नेगेटिभ’
  • नेपालमा सातौं कोरोना भाइरस संक्रमित पोखरामा भेटीयो, यि हुन् ?
  • बिहेमा कुनै गरगहना नलगाई बागलुङकी तारा शर्मा ले बिहे गर्नु भएको छ । बैवाहिक जीवनको धेरै धेरै शुभकामना हजुरहरुलाई