शिवरात्री मनाउन सहयोग उठाइरहेका बालककाे बसले ठक्कर दिँदा मृत्यु


दोलखा / दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो । अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले थामीलाई ठक्कर दिएको थियो ।

थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ । बालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का स्थायी बासिन्दा हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कैलाली : क्वरेण्टीनमा बसेकी महिलाको बलात्कार आरोपमा स्वास्थ्यकर्मीसहित ३ पक्राउ
  • पर्वतको दुलुङ्गमा गएको पहिरोले एकै घरका ६ सहित ९ जनाको ज्यान लियो
  • काठमाडौं भित्रिने र बाहिरिने बाटो खुल्यो, नयाँ पास बन्द
  • लकडाउनको समयमा आन्दोलन गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी