नायिका रीश्मा गुरुङले गरिन बिवाह !


चलचित्र ‘कबड्डी’को तिन वटै सिरिजमा मैयाँ नामले परिचित कलाकार रीश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनको शुक्रबार पोखरामा बिहे भएको हो । आफ्ना प्रेमी सन्दिप गुरुङसँग रीश्माले बिहे गरिन् । पछिल्लो पटक ‘कबड्डी’ को तेस्रो पार्टमा देखिएकी उनले शुक्रवार पोखरामा प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । फिल्मकर्मी कोही उपस्थित भएका थिएनन् ।

रिश्माले ‘कबड्डी’ को दुई सिरिजमा प्रमुख भूमिका निर्वाहा गरेकी थिइन् । ‘कबड्डी’ को तेस्रो सिरिजमा भने उनको सानो भूमिका थियो । उनको ठाउँमा निर्देशक रामबाबु गुरुङले अभिनेत्री उपासना सिंह ठकुरीलाई सोल्टिनीको भूमिकामा प्रस्तुत गरेका थिए । ‘कबड्डी’ पछि रिश्माले ‘झुम्की’ नामक फिल्ममा अभिनय गरेकी थिइन् । उनले केही गुरुङ फिल्ममा पनि अभिनय गरेकी छन् ।

रिश्मा अब फिल्म नगर्ने निर्णयमा पुगेको बुझिएको छ । फिल्मबाट टा,ढि,ने निर्णय लिनुको कारण खुलाउँदै उनले केही समयअघि एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘फिल्म क्षेत्र सोचेजस्तो रहेनछ । पहिला हामी स्थापित हुन संघर्ष गर्छौं । तर, एउटा स्थानमा पुगेपछि उनीहरु हाम्रो कलाको दुरुपयोग गर्छन् । त्यसरी सधैं कम्प्रोमाइज गरेर बसिरहनुभन्दा फिल्म नै नगर्नु उत्तम लाग्यो ।’

उनी फिल्म क्षेत्रमा हुने गरेको शो,ष,ण,बाट पनि आजित भएकी रहेछिन् । आफू यौन शो,ष,ण,मा नपरेको भए पनि श्रम शो,ष,ण,मा परेको उनको भनाई छ । उनी अहिलेसम्म आफूले गरेका कुनै फिल्मबाट पूरा पारिश्रमिक नपाएको बताउँछिन् । प्राप्त जानकारी अनुसार, अभिनेत्री रिश्माको अन्तिम फिल्म ‘कबड्डी ४’ हुनेछ । यो फिल्मपछि उनले फिल्म अभिनयबाट स,न्या,स लिने बुझिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • हिरोइनले सेल्फ क्वारेन्टाइनमा बस्न मानिनन्, उल्टै सरकारसँग आक्रोश पोखिन्
  • ठ’गिको आ’रोपमा नायक अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी
  • ज्योति मगर नाच्दा युवाहरुले नियन्त्रण गुमाएपछि महेन्द्रनगर महोत्सवमा झडप (भिडियो सहित)
  • जुत्ता पालिस गरेर जीविको पार्जन गर्दै आएका शनिले जिते ११ औं इन्डियन आइडलको उपाधी (भिडियो)